माओवादी अध्यक्षलाई काँग्रेसमा पस्ने प्रस्ताव

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली काँग्रेसमा प्रवेश गर्न सुझाव दिनुभएको छ । उहाँले दाहालको जन्मस्थान नजिकै गएर हिजो उक्त सुझाव दिनुभएको हो ।

पोखरा महानगरपालिकामा एमालेबाट उम्मेदवार भएकाहरुको तर्फबाट तयार पारिएको घोषणापत्र सार्वजनिक गर्ने क्रममा पोखरेलले अध्यक्ष दाहालमाथि कटाक्ष गर्नुभएको हो । आगामी ३० गते हुने स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले घोषणापत्र नबनाएको सन्दर्भमा पोखरेलले दाहाललगायत माओवादी नेताहरुलाई काँग्रेस पार्टीमा प्रवेश गर्न सल्लाह दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘माओवादी पार्टी र त्यसका अध्यक्ष राष्ट्रिय राजनीतिका लागि समस्या हुन् । आफ्नो चुनावी घोषणापत्र समेत बनाउन नसक्ने प्रचण्डले ठूला कुरा गर्नुको कुनै अर्थ छैन । त्यसैले गठबन्धनको सबैभन्दा ठूलो दल काँग्रेसमा प्रचण्ड प्रवेश गरिदिने हो भने राजनीतिको मुहान सङ्लो हुन्थ्यो ।”

पोखरेल हिजो दिउँसो साढे १ बजेको उडानमा काठमाडौंबाट पोखरा गएर उक्त सल्लाह दिनुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार