ठूला दलका घोषणपत्र र चुनावी नारा उस्तै

स्थानीय निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले आफ्नो प्रचारलाई तीब्र बनाएका छन् । ताप्लेजुङका प्रमुख दल नेकपा एमाले र नेपाली काँग्रेसले सदरमुकाम फुङलिङमा आफ्नो घोषणापत्र जारी गर्दै आगामी पाँच वर्षमा फुङलिङ नगरपालिकामा गरिने विकासका अवधारणा र प्रतिबद्धता व्यक्त गरेका हुन् ।

फुङलिङ नगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका अमिर मादेनले हिजो आफ्ना प्रतिबद्धता व्यक्त गर्दै भने, ‘एक वडा एक पोखरी, एक बस्ती एक पार्क ; घर घरमा बिजुली, चोक चोकमा सीसी क्यामरा’ जस्ता नारा अघि सारेका छन् । प्रत्येक वडामा विपद्कोष स्थापना गर्दै सहायता कक्ष स्थापना गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

हिजै मादेनले प्रतिबद्धता व्यक्त गरेकै स्थान पत्रकार महाँसंघको कार्यालयमा नेकपा एमालेका उम्मेदवार छत्रपति प्याकुरेलले आगामी पाँच वर्षभित्र सुकुम्बासीमुक्त नगर घोषणा गरिने, तोक्मे हटियालाई करमुक्त बनाउने, जेष्ठ नागरिकका घरमै स्वास्थ्य परीक्षण गरिनेलगायत आफ्ना प्रतिबद्धता प्रस्तुत गर्नुभएको हो । एमालेका उम्मेदवार आकाँक्षीहरुले प्याकुरेलको प्रतिबद्धताप्रति भने असन्तुष्टि व्यक्त गरेका छन् ।

काँग्रेस र एमालेका घोषणापत्रमा धेरै विषय उस्तै देखिएका छन् । चिडियाखाना बनाउने, सडक, शिक्षा, स्वास्थ्य, कृषिलगायत धेरैजसो विकासका अवधारणा मिल्दाजुल्दा छन् । तर आगामी दिनमा कार्यशैली र कार्यान्वयन पक्षबाट देखिने भिन्नताले जनमानसमा प्रभाव पार्ने स्थानीयबासी बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार