अभिनेत्री ज्याकलिनको ७ करोड २७ को सम्पत्ति जफत

मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजविरुद्ध प्रवर्तन निर्देशनालय (ईडी)ले ठूलो कारबाही गरेको छ । अभिनेत्रीविरुद्ध कारबाही गर्दै ईडीले ठग सुकेश चन्द्रशेखरको जबरजस्ती फिरौती मुद्दामा ज्याकलीनको ७ करोड २७ लाखको सम्पत्ति जफत गरेको छ । यो सम्पत्तिमा अभिनेत्रीको ७ करोड १२ लाख रुपैयाँको कर पनि समावेश छ । हालै ईडीले चन्द्रशेखरलाई पाँच वर्ष पुरानो ठगी मुद्दामा पक्राउ गरेको थियो ।

यसअघि पनि ईडीको टोलीले अभिनेत्रीसँग तीनपटक सोधपुछ गरिसकेको छ । ५ डिसेम्बर २०२१ मा पनि देशबाहिर जान खोजेको भन्दै अभिनेत्रीलाई मुम्बई एयरपोर्टमा रोकिएको थियो । ईडीले अभिनेत्रीलाई भारतभित्रै बस्नका लागि सूचना पनि जारी गरेको छ ।

ईडीले ठग सुकेश चन्द्रशेखरसँग सम्बन्धित २०० करोडको मनी लान्ड्रिङ प्रकरणमा ज्याकलिन फर्नान्डिजसँग उनको र ठगको सम्बन्धको ’boutमा धेरैपटक सोधपुछ गरेको छ । ईडीसँग पनि अभिनेत्रीविरुद्ध धेरै प्रमाणहरू छन् । अनुसन्धान कर्ताका अनुसार सुकेशले अभिनेत्री ज्याकलिनलाई महँगो घडी पनि उपहार दिएका थिए ।

धेरैपटक होटलको खर्च पनि सुकेशले नै बेहोर्ने गरेको बताइएको छ । ईडीका अनुसार ठग सुकेश चन्द्रशेखरले ठगी रकमबाट अभिनेत्रीलाई करिब ५.७१ करोडको उपहार पठाएको थियो । अभिनेत्रीका परिवारलाई पनि पैसा पठाइएको थियो ।

तिहाड जेलमा ठग सुकेश चन्द्रशेखरसँग अभिनेत्रीका धेरै तस्बिर पनि सार्वजनिक भएका छन् । योसँगै सुकेशले पनि आफू र ज्याकलिन एक वर्षदेखि सम्बन्धमा रहेको दाबी गरेका छन् । यद्यपि, अभिनेत्रीले सोधपुछको क्रममा सम्बन्धलाई स्पष्ट रूपमा अस्वीकार गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार