उदयपुरमा माओवादीका दुई र एमालेका एक दलित महिला सदस्यमा निर्विरोध

उदयपुर । उदयपुरको दुई पहाडी गाउँपालिकाका दुई वडामा दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

निर्विरोध निर्वाचित हुने वडा सदस्यमा जिल्लाको रौतामाई गाउँपालिका–१ मा नेकपा (एमाले)को तर्फबाट वडा सदस्यकी उम्मेदवार फूलमाया (दियाली) विक भएको निर्वाचन अधिकृत सुवासकुमार भट्टराईले जानकारी दिएका छन् ।

यस्तै जिल्लाको लिम्चिङबुङ गाउँपालिका–१ मा पनि गठबन्धन दलको तर्फबाट वडा सदस्यका लागि उम्मेदवार उम्मेदवार देवकुमारी कामी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत तुलाराज सुनुवारले बताए ।

देवकुमारी गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)बाट सदस्यको उम्मेदवार बनी निर्विरोध निर्वाचित भएका हुन् ।

त्यसैगरी, आसन्न निर्वाचनका लागि महोत्तरीको बर्दिबास नगरपालिकामा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवारी दर्ता गराएका एक दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

बर्दिवास नपा–७ बाट दलित महिला सदस्यमा उम्मेदवारी दिएका कलिमाया निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बर्दिवासले जनाएको छ । बर्दिवास नपाको १४ वटै वडामध्ये उनी निर्विरोध निर्वाचित हुने पहिलो उम्मेदवार हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार