पहिले खुमलटार त्यसपछि बालुवाटार, बीचमा लैनचौर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेटघाटमा निकै व्यस्त हुनुभएको छ । उहाँको निवासमा भेटघाटको लागि आउने र उहाँ स्वयम् अन्यत्र जाने समय मिलाउन सचिवालयलाई हम्मेहम्मे पर्न थालेको बताइन्छ ।

हिजो बिहान खुमलटारमा अध्यक्ष दाहालसँग सबेरै उर्जामन्त्री पम्फा भुसालले भेट्नुभयो । उहाँहरुबीच बिहान ७ बजेदेखि एक घण्टा बढी समयसम्म भेटवार्ता भएको हो । त्यसपछि उहाँ उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटवार्ता गर्न उपराष्ट्रपति निवास लैनचौर पुग्नुभएको थियो ।

त्यहाँबाट उहाँ प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको सत्ताधारी दलहरुको बैठकमा भाग लिन जानुभएको थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत सहभागी हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार