एप्पल मन्टेश्वरीमा दिक्षान्त समारोह

  पहिलो पेज

 302 पटक हेरिएको

घोराही–१० नारायणपुर स्थित एप्पल मन्टेश्वरी स्कुल दिक्षान्तमा समारोह सम्पन्न भएको छ ।

गुरुकुल एकेडेमीका सहायक प्रधानाध्यपाक मुकुन्द गिरीको अध्यक्षतामा भएको समारोहमा प्रि–टुमा अध्ययन पुरा गरेका १६ जना बालबालिकाहरु दिक्षीत भएका हुन् । अभिभावक भेलाकाबीच भएको दिक्षान्त समारोहमा सहायक प्रधानाध्यपाक गिरीले बालबालिकाहरुलाई सपथ ग्रहण गराएका थिए । समारोहमा अतिरित्त क्रियाकलपामा उत्कृष्ट बालबालिकाहरुलाई पुरस्कार वितरण गरिएको थियो भने बालबालिकाहरुले नृत्य प्रस्तुत गरेका थिए ।

एप्पल मन्टेश्वरीकी प्रधानाध्यापक प्रतिभा भुसासलले बालबालिकाको शिक्षण सिकाईमा जोड दिएको बताइन् ।

कार्यक्रममा अभिभाव विष्णु घिमिरलेले मन्तव्य व्यक्त गरेका थिए भने प्रधानाध्यापक प्रतिभा भुसासलले सहजीकरण गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार