लोसपाको घोषणापत्र : ठूला दलहरु विचारशून्य

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार एक कार्यक्रमबी लोसपाले स्थानीय चुनाव केन्द्रित घोषणापत्र सार्वजनिक गरेको हो ।

लोसपाको घोषणापत्रमा राजनीतिक दलहरूलाई हेर्ने पार्टी दृष्टिकोण र लोसपाका भावी योजनाबारे उल्लेख गरिएको छ । लोसपाले वृद्धभत्ता र महिला भत्ता वृद्धिका साथै बेरोजगार भत्ता, औषधि उपचार भत्ता, सुत्केरीका लागि विशेष व्यवस्था, विवाह खर्च र मृत्यु संस्कार खर्चलगायतको व्यवस्था गर्ने घोषणापत्रमा जनाएको छ ।

साथै, स्वास्थ्य, दुर्घटना बिमा, कृषकलाई बाली र पशुधन बिमा गर्ने पनि लोसपाको घोषणापत्रमा उल्लेख छ । लोसपाले मुख्य राजनीतिक दलहरू विचारशून्य भएको आरोप लगाएको छ । घोषणापत्रमार्फत लोसपाले ठूला दलहरू आफूलाई निर्वाचन, सरकार र सत्ताको साँघुरो घेराभित्र सीमित राखेको दाबी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार