एलन मस्कले भने- अब म, कोका-कोला किन्छु

काठमाडौं । विश्वकै धनाढ्य एवं टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कले ट्विटर खरिद गर्ने योजना सफल भएसँगै अब, आफू कोका-कोला किन्ने भन्दै मजाक गरेका छन् ।

‘अर्को म कोकिन राख्न कोका-कोला किन्दैछु,’ उनले ट्विट गर्दै भनेका छन् । सन् १८८६ मा सुरुमा कोका-कोला बन्दा त्यसमा मुख्य रुपमा कोकिन राखिएको थियो ।

मस्कले गरेको यो मजाकले फेरि चर्चा पाएकै छन् । कोकाकोलाको क्यापिटल करिब २८४ अर्ब अमेरिकी डलर छ । कोका-कोलाका अगाडि ट्विटर भने सामान्य कम्पनी हो ।

जेफ बेजोसभन्दा निकै अगाडि रहेका मस्कको २५३ अर्ब अमेरिकी डलर रहेको छ । तर, पनि मस्कको यो भनाइलाई सामान्य भने लिन सकिँदैन ।

किनकि उनले सन् २०१७ मा ट्विटर किन्ने मजाक नै गरेका थिए । कुनै बेला सङ्कटमा रहेका उनले अहिले विश्वकै ठूलो विद्युतीय कार कम्पनी खडा गरेका छन् ।

मङ्गल ग्रहमा बस्ती बसाल्ने सपना देखेका छन्, भने ती सपनामा कयौँ सार्थकता देखाउने सफलता स्पेसएक्सले पाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार