बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या रायको बहुप्रतीक्षित तमिल एपिक ऐतिहासिक फिल्म ‘पोन्नियिन सेलवन’ आगामी सेप्टेम्बेरमा रिलिज गर्ने तयारी छ ।
अहिले यो फिल्म डिजिटल प्लाटफर्ममार्फत देखाइएको छ ।
फिल्मको डिजिटल अधिकारलाई अमेजन प्राइम भिडियोले खरिद गरेको छ ।
यसका लागि अमेजनले निकै ठूलो धनराशि खर्च भएको छ ।
एक्शन–एडभेन्चर ‘पोन्नियिन सेलवन’ को भाग १ र भाग २ का लागि स्ट्रिमिङ अधिकार अमेजन प्राइमको रेकर्ड १ सय २५ करोड भारुमा बिक्री भएको छ ।
नेशनल फिल्म अवार्ड विजेता फिल्म निर्माता मणिरत्नमको बहुप्रतीक्षित फिल्म पोन्नियिम सेलवन लेखक कल्कि कृष्णमूर्तिको यस नामको उपन्यासमा आधारित छ ।
EXCLUSIVE: Tamil epic action-adventure ‘Ponniyin Selvan’ directed by Mani Ratnam post-theatrical streaming rights for part 1 and part 2 bagged by Amazon Prime for a record ₹125 crores. pic.twitter.com/LQzHxrP64Y
— LetsOTT Global (@LetsOTT) April 27, 2022