वाइडबडी जहाजद्वारा गौतमबुद्ध विमानस्थलमा सफल परीक्षण उडान

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल एअरलाइन्सले आज परीक्षण उडान गरेको छ। नेपाल एअरलाइन्सको वाइडबडी जहाज आज बेलुका पर्यटनमन्त्री प्रेम आलेसहित २ सय ५० जनाभन्दा धेरै व्यक्ति बोकेर काठमाण्डौबाट भैरहवा गएको हो ।

भैरहवाको आकाशमाथि पुगेको जहाज एक फन्का मारेर मात्रै अवतरण भएको थियो । तर अवतरणपछि पनि जहाज झन्डै आधा घन्टा रन वे मै अड्किएको थियो । अवतरण भएपछि पार्किङमा लैजाने क्रममा घुम्ती नपुगेपछि रनवेमै अड्किएको महाप्रबन्धक गोविन्द प्रसाद दाहालले उज्यालोलाई जानकारी दिनुभयो ।

आधा घन्टापछि ह्याङ्गरले तानेर जहाजलाई पार्किङमा लगिएको थियो । जजिराले आउँदो जेठ २ गतेदेखि हप्ताको ३ दिन कुवेतबाट गौतमबुद्ध विमानस्थलमा उडान गर्ने गरी अनुमति लिएको छ । उसले सोमवार, बुधवार र शुक्रवार उडान भर्नेछ । यस्तै अन्य वायुसेवा कम्पनीहरूले पनि चासो देखाइरहेको विमानस्थल प्राधिकरणले जनाएको छ ।

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को शुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार