केशव स्थापित फेरि विवादमा तानिए

आसन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार बनेका केशव स्थापित आज पुनः विवादमा तानिएका छन् ।

काठमाडौंको धुम्बाराहीस्थित नेशनल कलेजले आयोजना गरेको ‘स्थानीय चुनावमा युवाको आशा र जिज्ञासा’ नामक अन्तरक्रिया कार्यक्रममा उनी फेरि विवादमा तानिएका हुन् । स्थापितमाथि लागेको पहिलेको यौन दुव्र्यवहार आरोपबारे जिज्ञासा राख्दा उनी अभियानकर्मीमाथि खनिएका थिए ।

स्थापितलाई अभियानकर्मी भावना राउतले यसअघि लागेको यौन दुव्र्यवहारको आरोपबारे जिज्ञासा राखेकी थिइन् । राउतको जिसासाको जवाफ दिने क्रममा स्थापितले ‘यु आर नाइस लेडी, तर तपाईंको थुतुनो ठीक छैन,’ भनेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार