४४ जिल्लामा मतपत्र पुग्न बाँकी

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी तीब्र गतिमा अघि बढेको निर्वाचन आयोगले बताएको छ । मतपत्र छाप्ने तथा विभिन्न जिल्लामा पुर्याउने कार्य पनि निकै अघि बढेको जानकारी दिइएको छ ।

आजसम्म एक करोड ७७ लाख बढी मतपत्र छापिइसकेको छ । आज जनआस्थासँग कुराकानी गर्दै अयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, ‘आयोगका सबैजना व्यस्त छौं । तत्काल मनोनयन दर्तालगायतका कामले पनि तीब्रता पाएको छ ।

आयोगले वैशाख ११ र १२ गते मनोनयन दर्ता तथा १३ गते दाबी विरोधको काम सम्पन्न गरिसकेको छ । १४ र १५ गते उजुरीमाथि जाँच तथा नामावली प्रकाशन हुँदै छ । १६ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने पाउने छन् । उम्मेदवारले नाम फिर्ता नलिएमा वा उम्मेदवारी खारेज नभएमा १७ गते चुनाव चिन्ह प्रदान गरिने छ ।

यसबीचमा विभिन्न जिल्लामा मतपत्र पनि पुर्याउन थालिएको छ । प्रवक्ता पौडेलका अनुसार हालसम्म ३३ जिल्लामा मतपत्र पठाइसकिएको छ । उच्च सुरक्षाका साथ मतपत्र उक्त जिल्लामा पठाइएको हो ।

हालसम्म सूदुरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरुमा मतपत्र पठाइएको छ । भौगोलिक विकटता भएका जिल्लाहरुमा सुर्खेतबाट हेलिकप्टरमा हालेर मतपत्र पठाइएको हो । सुर्खेतसम्म भने ट्रकमा मतपत्र पठाइएको थियो । डोल्पा, हुम्ला, जुम्ला, मुगु, मनाङ र मुस्ताङमा मतपत्र पुगिसकेको छ ।

अब सुगम जिल्लामा मतपत्र पठाइने कार्यतालिका छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार