नेपाल नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी [सूचनासहित]

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी माग गरेको छ । करार सेवाका लागि प्राधिकरणले आवेदन आह्वान गरेको हो ।

रिक्त रहेका पदहरुमा स्थायी पदपूर्ति भए स्वतः हट्ने गरी प्राधिकरणले बढीमा एक वर्षका लागि करारमा प्राविधिकतर्फ सातौं तहका लागि कर्मचारी नियुक्त गर्न लागेको हो ।

पुरुषको हकमा २१ वर्ष पूरा भएर ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेका योग्यता पुगेका व्यक्तिले आवेदन दिन सक्नेछन् ।

वैशाख २१ गतेसम्म आवेदन दिन सकिने प्राधिकरणले जनाएको छ ।

हेर्नुहोस् सूचना :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार