सिद्धार्थ शुक्लाको निधनपछि आमा बनिन् शहनाजको प्रेरणा

मानिसको जीवन जति नै अस्थिर भए पनि मृत्यु यसको यर्थाथ हो । जिन्दगीले कुन समय मृत्युलाई अंगाल्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन ।

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस’ मार्फत अभिनेता सिद्धार्थ शुक्लाले सफलताको शिखर चुम्दै अगाडि बढ्दै थिए, अचानक आफ्ना प्रशंसकलाई रुवाएर उनी यो संसारबाट विदा भए । एक वर्ष अगाडि सिद्धार्थको निधनको खबरले सबै दुःखी भए । सिद्धार्थको निधनले सबैभन्दा दुःखी उनकी आमा रीता शुक्ला र साथी शहनाज गिल भए ।

बुढेसकालको एक मात्र सहारा छोरा सिद्धार्थको निधनले आमामाथि दुःखको पहाड खसे बराबर भयो । छोरा सिद्धार्थले यो संसारबाट विदा लिनुअघि नै रीताले आफ्ना श्रीमान्लाई समेत गुमाइसकेकी थिइन् ।
तर श्रीमान् र एक्लो छोरा गुमाएर संसारमा एक्लो बनेकी रीता शुक्लाले आफुलाई मात्र सम्हालिनन्, उनले सिद्धार्थकी साथी शहनाजलाई पनि हाँस्न सिकाइन् ।

अहिले शहनाज गिल आफ्ना प्रोजेक्ट्सहरुमा व्यस्त छिन् भने आमा रीता ब्रह्माकुमारीमा आवद्ध भएर आफ्नो समय बिताइरहेकी छिन् । उनको यसबारेमा धेरै पटक फोटो शेयर भइसकेको छ ।

अहिले आएर पुनः एकपटक सामाजिक सञ्जालमा सिद्धार्थ शुक्लाका प्रशंसकहरुले त्यहाँको फोटो शेयर गरेका छन् ।

पछिल्लो पटक सार्वजनिक भएका तस्बिरहरुमा रीता आश्रममा बालबालिकाका साथ समय बिताइरहेकी देखिन्छिन् । बालबालिकाहरुका लागि आयोजित समर क्याम्पमा रीता अतिथिको रुपमा उपस्थित भएकी थिइन् ।
उनी स्टेजमा बसेकी छिन् र बालबालिकाले उनको खुट्टा छोएर उनीसंग आशीर्वाद लिइरहेको देखिन्छ । रीताले उनीहरुलाई चक्लेट दिइरहेको देखिन्छ । त्यसबाहेक उनी माइकमा केही भन्दै गरेको पनि देखिन्छ ।
श्रीमान् र एक्लो छोराको निधनले मर्माहत भए पनि रीताले अहिले आएर आफूलाई मात्र सम्हालेकी छैनन्, छोरीकी साथी शहनाजलाई समेत जीवन बाँचेर अघि बढ्ने प्रेरणा दिइरहेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार