यसरी बढाउनुस् यौन क्षमता

कतिपय पुरुष विभिन्न यौन समस्याबाट पीडित हुन्छन् । प्रायः नपुंसकतादेखि लिएर उत्तेजनाको कमी, यौनेच्छाको कमी, शीघ्रपतनजस्ता यौनिक समस्या हुन सक्छन् । जो पुरुषहरूको टाउको दुखाउन पर्याप्त हुन्छ ।

यस्ता कतिपय यौनिक समस्याको चिकित्सकीय समाधान नहुन पनि सक्छ । तर, कतिपय घरेलु तथा आयुर्वेदिक उपाय यसको अचुक अस्त्र बन्न सक्छन् । आयुर्वेदमा यस्ता धेरै जडीबुटी छन्, जसले पुरुषहरूको यौनिक समस्याको समाधान गर्छ ।

यसरी हुन्छ यौन समस्याको समाधान
– हरेक दिन दूध र कुरिलो सेवन गर्नुहोस् ।
– दूधलाई पर्याप्त उमालेर मात्र पिउनुहोस् । दूधमा चिनी मिसाएर खानु अझै लाभदायी मानिन्छ ।
– केरा र सुन्तला नियमित सेवन गर्नुहोस् ।
– घिउ, मह, हरियो तरकारी, फलफूल तथा बदामको नियमित सेवन गर्नुहोस् । यसबाट प्रोटिन पर्याप्त मात्रामा प्राप्त हुन्छ, जसले शुक्राणु वृद्धिमा सहयोग पुर्याउँछ ।
– हरेक दिन एक गिलास गाजरको जुस वा चार–पाँचवटा गाजर खानुहोस् ।
– बदाम र नरिवलको सेवन दैनिक गर्नुहोस् ।
– पालुंगो, काउलीजस्ता तरकारीको सेवन नियमित रूपमा गर्नुहोस् ।
– रक्सी तथा चुरोटको सेवन बन्द गर्नुहोस ।
– नियमित व्यायाम तथा तनावबाट मुक्त रहनु पनि यौनजीवनलाई सुखी बनाउने एक अचुक अस्त्र हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार