बालबालिकामा देखा परिरहेको रहस्यमयी हेपटाइटिस प्रकोपको सम्भावित कारण यस्तो छ

बीबीसी । विश्वव्यापी रुपमा साना बालबालिकाहरूमा देखापरिरहेको रहस्यमयी हेपटाइटिसको प्रकोप कुनै साधारण भाइरससँग जोडिएको हुन सक्ने स्वास्थ्यविद्हरूले बताएका छन् । अहिले विश्वभर झन्डै १६९ बालबालिकामा यो दुर्लभ स्वास्थ्य समस्या देखा परिसकेको छ भने हालसम्म एकजना बालकको मृत्यु भएको छ ।

बेलायतमा मात्र ११४ बालबालिका यसका कारण बिरामी परेका छन् भने तीमध्ये १० जनामा कलेजो प्रत्यारोपण नै आवश्यक पर्ने अवस्था आएको थियो ।

यस्तोमा बेलायती स्वास्थ्य सुरक्षा निकायले यो ‘एडेनोभाइरस’ का कारण भएको हुन सक्ने बताइरहेका छन् । यो भाइरसले निमोनियादेखि सामान्य ज्वरो आउने, घाँटी दुख्नेलगायत विभिन्न स्वास्थ्य समस्या पैदा गराउँछ ।

Agani Group

यसबाट प्रभावित हुने प्रायः बालबालिका पाँचवर्ष या सो भन्दा कम उमेरका रहेका छन् । यिनीहरूमा झाडापखाला, बान्ता हुने र जन्डिस – छाला र आँखा पहेँलो हुने लक्षण देखा परिरहेको छ । यो भनेको कमजोर कलेजोको संकेत हो ।

यसरी बालबालिकामा अचानक हेपटाइटिसको दर बढ्न थालेपछि विज्ञहरूले विस्तृतमा यसका सम्भावित कारणबारे अनुसन्धान थालेका हुन् ।

Global bank
बालबालिकामा हेपटाइटिस एकदम दुर्लभ मानिने भएपनि कहिलेकाहिँ यसले अधिक गम्भीर रुप लिन सक्छ ।

यसमा भाइरसको ‘जेनेटिक’ अर्थात वंशाणुगत गुणमा परिवर्तन आएका कारण भाइरसले सजिलै कलेजोमा संक्रमण फैलाउन सकिरहेको हुन सक्ने खोजकर्ताहरूको भनाइ छ । त्यस्तै अर्को सम्भावित कारण भनेको कोभिड महामारीपछि बच्चाहरूको प्रतिरोधात्मक प्रतिक्रियामा बदलाव आउनाले पनि यस्तो हुन सक्ने पनि बताइएको छ ।

लिभरपुल युनिभर्सिटीका संक्रमक रोग विशेषज्ञ प्रोफेसर केलम सेम्पलका अनुसार कोभिड महामारीका समयमा एडेनोभाइरस अचानक गायब भएको जस्तो अवस्था थियो । त्यसैले अहिले त्यही भाइरसले मिश्रित स्वरुपमा पुनः प्रकोप फैलाइरहेको हुन सक्ने उनले बताए ।

यो समस्याको कोभिड खोपसँग चाहिँ कुनै सम्बन्ध फेला पारिएको छैन । हालसम्म यसबाट संक्रमित कुनैपनि बालबालिकाले कोभिडको खोप नलगाएको बताइएको छ ।

यसका थप अन्य लक्षणहरूमा थकान, खान मन नलाग्ने, पेट दुख्ने, कडा रङको पिशाब आउने, छाला चिलाउने, मांसपेशी दुख्ने अनि उच्च तापमान रहेका छन् । सरसफाइमा अधिक ध्यान दिने, नियमित हात धुनेलगायतका सर्तकता अपनाए एडेनोभाइरसको जोखिम कम गर्न सकिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार