आफ्नो इन्स्टाग्रामको सबैभन्दा पूरानो कमेन्ट कसरी हेर्ने ?

काठमाडौं । पछिल्लो समय इन्स्टाग्राम प्रयोगकर्ताहरुमा इन्स्टाग्रामको आफ्नो सबैभन्दा पूरानो कमेन्ट शेयर गर्ने ट्रेण्ड चलिरहेको छ ।

यो सँगै प्रयोगकर्ताहरुले आफ्नो सबैभन्दा पूरानो इन्स्टाग्राम कमेन्ट सम्मिलित भिडियो तयार गरे इन्स्टाग्राम रिल्स तथा टिकटक भिडियो तयार गरिरहेका छन् ।

वास्तवमा कुनै सोसल मिडियामा आफुले गरेको पहिलो कमेन्ट खोज्नु निकै झञ्झटिलो काम हो जस्तो लाग्दछ । तर यथार्थमा यो निकै सरल छ । इन्स्टाग्रामले हालै एउटा नयाँ फिचर ल्याएको छ जसले प्रयोगकर्तालाई आफ्ना पोष्ट, कमेन्ट तथा सोसल मिडिया प्लाटफर्मका अन्य एक्टिभिटीहरुलाई सजिलैसँग डिलिट गर्न सहयोग गर्दछ ।

इन्स्टाग्रामको यो फिचर Your Activity खण्डमा रहेको छ । यसमार्फत् इन्स्टाग्राम प्रयोगकर्ताले इन्स्टाग्रामका आफ्ना पोस्ट, स्टोरिज, आइजिटिभी तथा रिल्स भिडियोलाई अनुगमन गर्न, एकैचोटी डिलिट गर्न वा आर्काइभ गर्न सक्दछन् ।

साथै आफूले गरेका कमेन्ट, लाइक्स, स्टोरी स्टिकर रिएक्सन आदिलाई पनि डिलिट गर्न वा आर्काइभ गर्न सकिन्छ । यसक्रममा यदि तपाइँले इन्स्टाग्राममा आफुले गरेको पहिलो कमेन्ट के रहेछ ? भन्ने थाहा पाउन चाहनुहुन्छ भने निम्न विधि अपनाउन सक्नुहुनछ :

आफ्नो स्माटफोनमा इन्स्टाग्राम अकाउन्ट लगइन गर्नुहोस्
त्यसपछि पिँधको दायाँपट्टि रहेको प्रोफाइल पिक्चरमा ट्याप गरी आफ्नो प्रोफाइलमा जानुहोस्
स्क्रिनको दायाँ माथिपट्टि रहेको तिनधर्के आइकनमा ट्याप गर्नुहोस्
मेन्यूमा रहेका Your Activity अप्सनमा थिच्नुहोस्
Interactions अप्सनमा थिच्नुहोस्
Comments मा थिच्नुहोस् र त्यसपछि Sort and Filter मा थिच्नुहोस् त्यसपछि Oldest to Newest अप्सनमा थिच्नुहोस् र अन्त्यमा Apply बटनमा थिच्नुहोस् ।
यसो गरिसकेपछि तपाइँले इन्स्टाग्राममा गरेका कमेन्टहरु सबैभन्दा पूरानो देखि नयाँ सम्म क्रमैसँग देखिन्छन् । एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार