ओलीलाई बालकोटमै गएर ट्युसन पढाउने गगन थापाको घोषणा

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले झुटको पर्दाफास सुन्न नसकेको बताएका छन् ।

स्थानीय तह निर्वाचनमा जिल्ला सम्पर्क समितिहरूको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा बुधबार थापालेओलीले काँग्रेसको चुनावी संकल्पलाई ओलीले बकवास र पागलहरूको प्रलाप भनेर टिप्पणी गरेपछि गगनले पनि जवाफ फर्काएका हुन् । ‘्

सुरुमै हामीले के के गर्नुभयो भनेर खेर गएको ५ वर्ष भनेर लेखेका छौँ । ५ वर्ष खेर गएको ठाउँमा स्तुति गान गाउन त भएन’, बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘उहाँले एकपछि अर्को झुटको पर्दाफास काँग्रेसले गरेको कुरा सहन सक्ने कुरा भएन । सनक्क सन्कनुभयो ।’

यस्तै थापाले समय मिलेपछि ओलीलाई बालकोट नै पुगेर ट्युन बढाउने बताएका छन् । ‘मेरो आइडियो चोर्‍यो भन्नुभएको छ । मलाई पनि अहिले दौडधूप छ । उहाँलाई पनि चुनाव लागेर दौडधूप चलिरहेको छ । अलिकति भ्याएको बेलामा म बालकोटै गएर ट्युसन पढाउनेछु । एउटा विषयमा त पढाउनै पर्ने भएको छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार