बुढेशकालमा धेरै नसन्किन एमाले अध्यक्षलाई काँग्रेस महामन्त्रीको सुझाव

नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रह गरेका छन् । सँधै झुटको पर्दाफास गर्ने नाममा जो पायो त्यहि बोलेरे बढी सन्किँदा वृद्ध र शिथिल शरीरमा असर पर्ने थापाको टिप्पणी छ ।

‘उहाँलाई मेरो एउटा एडभाइस के हो भने बुढा बा धेरै सनक्क सन्किने गर्दा कहिलेकाहीँ शरीरलाई अप्ठ्यारो पर्ला । शरीरको ख्याल गर्नुहोला, यो भन्दा धेरै भन्नु छैन,’ थापाले भने ।

राजधानीमा आयोजित एउटा कार्यक्रममा बोल्दै उनले ओलीप्रति लक्षित गर्दै भने ‘जसको मुखमा अंगार छ, उसले ओकल्ने कालै हो । केपी ओलीले मन नपर्ने जति सबैलाई पागल भन्नुहुन्छ । केपी ओलीले झुट बोल्नुहुन्छ भनेर कसैले आँट गरेर उहाँलाई तपाईं झुट बोल्दै हुनुहुन्छ भनियो भने सनक्क सन्केर पागल भनि हाल्नुहुन्छ ।’

त्यसैले थापाले अध्यक्ष ओलीलाई सन्केर बोल्नुभन्दा पहिले आफ्नो उमेर र स्वास्थ्यको ख्याल गर्न सल्लाह दिएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार