सशस्त्र प्रहरीले उत्तरी सीमा क्षेत्रका विओपी किन हटाउँदैछ ?

काठमाडाैं । सशस्त्र प्रहरीले उत्तरी सीमा क्षेत्रमा क्रियाशील सशस्त्र प्रहरी बलको सीमा सुरक्षा बललाई हटाउने तयारी गरेको छ । चीनसँग सीमा जोडिएका जिल्लामा रहेका सशस्त्र प्रहरी बलका गुल्म हटाउन लागेको हो । गुल्म हटाउने प्रस्ताव गृहमन्त्रालयमा पुगिसकेको खबर छ ।

सशस्त्र प्रहरीमा आईजीपी पुष्पराम केसी आएलगत्तै उनले उक्त प्रस्ताव गृहमन्त्रलायमा लगेका हुन् । स्रोतका अनुसार, केसी आईजीपी भएको पाँचौ दिनमा उक्त प्रस्ताव गृहमनलयमा पठाएका हुन् ।

चीनसँग सीमा जोडिएका जिल्ला सिन्धुपालाञ्चोक, हुम्ला, जुम्लामा रहेका सशस्त्र प्रहरी बलको गुल्म हटाउने प्रस्ताव गरेका हुन् ।

गृह स्रोतका अनुसार ५ वटा जिल्लाका गुल्म हटाउने प्रस्ताव आइजीपी केसीले गरेका हुन् । त्यसमा गृहमन्त्रालयमा छलफल भइरहेको छ । विपद् व्यवस्थापनको समेत जिम्मेवारी पाएको सशस्त्रले ७७ वटै जिल्लामा गुल्म स्थापना गरेको छ ।

यसरी पुरै गुल्म नै हटाउने गरी उत्तरी सीमा क्षेत्रमा भर्खरै स्थापना भएका, रहेका गुल्महरू किन हटाउने प्रस्ताव गरिएको हो ? भन्ने प्रश्न सशस्त्र प्रहरी र गृह मन्त्रालयमा उठेको छ ।

सशस्त्र प्रहरी चीनसँग सीमा जोडिएका जिल्लामा बोर्डर अब्जरवेशन पोष्ट (विओपी) स्थापना गरेर सीमा सुरक्षामा खटिएको छ ।

स्मरण रहाेस्, अवकासकाे मुखमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालबाट सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका ३ गुम्बामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) गुम्बाको स्थापना गरी उद्घाट गरिएको थियाे ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालबाट २०७८ चैत २३ गते आयोजित एक समारोहका बीच उक्त बिओपीको उद्घाटन गरिएको थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार