पार्टी निर्णयविरूद्ध विप्लव नेतृत्वको नेकपाका उम्मेदवारहरू चुनावी मैदानमा

काठमाडौं । पार्टीको केन्द्रीय कमिटीको निर्णयविपरीत विप्लव नेतृत्वको नेकपाका ४ जना केन्द्रीय सदस्य चुनावी मैदानमा उत्रिएका छन् । पार्टीको केन्द्रीय कमिटीले केन्द्रीय सदस्यदेखि जिल्ला कमिटीका सचिवालय सदस्यसम्मले चुनावमा भाग नलिने जिल्ला कमिटीभन्दा दलका नेताले भाग लिएमा पार्टीबाट राजीनामा दिनुपर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयको विपरीत महासचिव विप्लव र नेता प्रकाण्डनिकट मानिने ४ जना केन्द्रीय सदस्य चुनावमा भाग लिएका छन् । उनीहरु महासचिव र प्रकाण्डकै गृह जिल्लामा उठेकोले उनीहरु संरक्षण र सल्लाहमै उठेको भन्दै नेकपाका अरु नेताहरु आक्रोशित भएका छन् ।

केन्द्रीय सदस्य भेषराज भुसाल विप्लवको गृहनगर कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा उठेका छन् भने केन्द्रीय सदस्य तथा धादिङ ईञ्चार्ज चुडामणि वली रोल्पाको गंगादेव गाउँपालिकाको अध्यक्षमा उठेका छन् । दुईजना केन्द्रीय सदस्य भने कालिकोटमा उठेका छन् ।

धीरेन्द्रकुमारी उपाध्याय र एटम विसीले कालिकोटका पालिका उठेका छन् । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा त विप्लवकै नेताहरु बागी भने उठेका छन् । पाटीले व्यासी कामीलाई अध्यक्ष पदको उम्मेदवार बनाएको थियो । कामीको विरुद्धमा रुपसिंह बोहराले बागी उठेका छन् ।

चुनावको विपक्षमा रहेका नेताहरु भने बैठकको माग गरेर पार्टी विभाजनको तयारीमा लागेका छन् ।
त्यसैका लागि धर्मेन्द्र बास्तोलाले वैशाख १२ गते साँझ उम्मेदवारी फिर्ता गर्न आग्रह गरेर विज्ञप्ति निकालेका थिए ।

विप्लवहरु भने बास्तोला र हेमन्तप्रकाश वलीलाई कारबाही गर्ने तयारीमा लागेका छन् । पार्टीको केन्द्रीय कमिटीमा बहुमत पुर्याउने अनि बास्तोला र वलीलाई कारबाही गर्ने रणनीति लिएका छन् । स्रोतका अनुसार अहिलेसम्म विप्लव र प्रकाण्डको पक्षमा बहुमत संख्या पुगिसकेको छैन ।

विप्लवको पुरानो गृहजिल्ला तथा सचिवालय सदस्य सन्तोष बुढा मगरको गृह जिल्ला रोल्पाका ९ वटा पालिकामा उम्मेदवारी दिएको छ । बुढामगरको गृहपालिका थवाङमा भने पालिकाका पुरै पदमा उम्मेदवारी दिएका छैनन ।
रोल्पाका उम्मेदवारहरु –

गंगादेब गाउँपालिका

अध्यक्षः चुडमणी वली ‘आदर्श’
उपाध्यक्ष : सुशीला वली
२ नं. वडाध्यक्ष : टीकाराम नेपाली
३ नं.वडाध्यक्ष : लालबहादुर वली ‘विश्व’
४ नं. वडाध्यक्ष : नन्दे वली ‘मगल’
५ नं. वडाध्यक्ष : यमन कुमार मल्ल
६ नं. वडाध्यक्ष स् दिपेन्द्र खत्री
थबाङ गाउँपालिका
अध्यक्षः अजय घर्ती
उपाध्यक्षः राय बहादुर पुन
१ नं. वडाध्यक्ष स् फरके झाँक्री
२ नं. वडाध्यक्ष : तिर्थ नारायण मिजार
५ नं. वडाध्यक्ष : दुक्मन रोका
परिवर्तन गाउँपालिका
अध्यक्षः लाल बहादुर डाँगी
उपाध्यक्षः मिरा बुढा
२ नं. वडाध्यक्ष : अनिल केसि
३ नं. वडाध्यक्ष : पृथ्वी बिक्रम डाँगी
४ नं.वडाध्यक्ष : चित्र बहादुर बुढा ‘गनेश’
५ नं. वडाध्यक्षः खिम प्रसाद घर्ती शाहा ‘ज्वाला’
६ नं. वडाध्यक्ष स्दिपक थापा
सुनिलस्मृती गाउँपालिका
अध्यक्षः कमल थापा ‘बिजुली’
उपाध्यक्षः दिपेश बिष्ट
२ नं. वडाध्यक्ष स् बेगमध्वोज थापा ‘एनान’
६ नं. वडाध्यक्ष स् सन्तोष सुबेदी ‘प्रयास’
सुनछहरी गाउँपालिका
अध्यक्ष : पुस्तमन घर्ती मगर
उपाध्यक्षः कोम बहादुर बुढा
६ नं. वडाध्यक्ष स् हेमन्त पुन
लुङ्ग्री गाउँपालिका
अध्यक्षः भुपेन्द्र खड्का क्षेत्री
उपाध्यक्ष : ज्ञानु माया बिक
१ नं. वडाध्यक्ष : धन बहादुर खत्री
२ नं. वडाध्यक्षः जितमान खड्का
३ नं. वडाध्यक्षः लिला बहादुर घर्ती क्षेत्री
४ नं. वडाध्यक्षः टेक बहादुर बिष्ट
५ नं. वडाध्यक्ष : सर्वण कुमार रोका मगर
त्रिवेणी गाउँपालिका
३ नं. वडाध्यक्षः बेद बहादुर पुन ‘प्रसान्त’
६ नं. वडाध्यक्षः खिम राज पुन
माडी गाउँपालिका
५ नं. वडाध्यक्षः प्रकाश के।सी।
रोल्पा नगरपालिका
१० नं. वडाध्यक्ष : धन बहादुर खत्री ‘बिश्लेसन’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार