शिवपुरीको जंगलमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेन

काठमाडौं । काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जको तारेभिर जंगल क्षेत्रमा लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । बूढानीलकण्ठ नगरपालिकाको

हिजो दिउँसो १ बजेतिर लागेको डढेलो निभाउन हेलिकोप्टरमार्फत पानी खन्याए पनि आगो अझै नियन्त्रणमा आउन नसकेको बूढानीलकण्ठ प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार आगो निभाउने काम भैरहेको छ । अहिले आगो फैलिन रोकिएकाले छिटै निभाउन सकिने प्रहरीले विश्वास लिएको छ ।

आगलागी नियन्त्रणका लागि दमकल, पानी ट्याङ्कर, निकुञ्जका सेना र प्रहरीले प्रयास गरिरहेका छन् ।

नेपाली सेनाका अनुसार आगो लागेको जानकारी पाउनासाथ सेनाले आगो लागेको फरक–फरक क्षेत्रमा चारवटा आगो नियन्त्रक टोली परिचालन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार