गठबन्धनमा महिलालाई उपेक्षा गरिएपछि शान्तिले दिइन तुलसीपुरमा बागी उम्मेदवार

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा उपमेयरमा बागी उम्मेदवारी परेको छ । तुलसीपुरमा पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दर्ता भएपनि नेकपा माओवादी केन्द्रकी मनकुमारी महत (शान्ति)ले उपमेयरमा बागी उम्मेदवारी दर्ता गराउनुभएको हो ।

माओवादी केन्द्र तुलसीपुर उपमहानगर कमिटीकी उपाध्यक्षसमेत रहनुभएकी शान्तिले गठबन्धनमा महिलालाई उपेक्षा गरेर उम्मेदवार नै नबनाएपछि आफूले उम्मेदवारी दिएका बताउनुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धन दलका नेताहरुले समावेशिता, समानुपातिक सिद्धान्तलाई नै इन्कार गर्दै महिलालाई उपेक्षा गरे । अनि मैले महिला प्रतिनिधिको रुपमा उम्मेदवारी दिए ।’

तुलसीपुरमा गठबन्धन दलबाट काँग्रेसका गेहेन्द्र गिरी प्रमुखमा र उपप्रमुखमा एकिकृत समाजवादी पार्टीका जोगबहादुर रानाले उम्मेदवारी दिनुभएको छ। तर गठबन्धनले महिलालाई उपेक्षा गरेको भन्दै शान्तिले उपमेयरमा उम्मेदवारी दिनुभएको हो ।

उहाँले उम्मेदवारी फिर्ता लिने बारेमा नसोचेको बताउनुभयो । उम्मेदवारी दर्ता पछि पार्टीबाट कुनै प्रतिक्रिया नआएको पनि उहाँको भनाई छ । माओवादी कमाण्डर भएर जनयुद्धमा होमिनुभएकी शान्ताले महिलालाई उपेक्षा गर्न नहुने तर्क पनि गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार