सलमानसँग टाइगरको तुलना भएपछि….

पछिल्लो समय बलिउडमा टाइगर श्राफ एकपछि अर्को सफलता मार्फत अगाडि बढिरहेका छन् ।

‘हिरोपन्ती’ डेब्यु अभिनेता टाइगरलाई ‘बागी’ सिरिजले स्थापित बनायो । उनले अभिनय गरेको फिल्म ‘बागी’ सलमान खान अभिनीत फिल्मको रिमेक थियो । पछिल्लो समय बडी र एक्सन मार्फत फ्यानको मनमा स्थान बनाउन थालेका टाइगरको तुलना सलमानसँग पनि भइरहेको छ ।

फिटनेसको कुरामा सलमान र टाइगर अगाडि आउने गरेका छन् । आफ्नो तुलना सलमानसँग भएपछि टाइगरले यस विषयमा बोलेका छन् । टाइगरले सलमानलाई बलिउडको ‘शेर’ भनेका छन् । ‘मेरो तुलना सलमान सरसँग हुनु ठिक हैन, म बच्चा हुँ भने उहाँ शेर हुनुहुन्छ । त्यसैले तुलना नै हुँदैन । मलाई लाग्छ सलमान सरको ब्रासलेटको पेज मात्र पनि बनाउने हो भने सोसल मिडियामा मेरो भन्दा बढी फलोअर्स हुन्छ’ टाइगरले एक अन्तरवार्तामा भने ।

टाइगर आफ्नो आइडलको रुपमा ऋतिक रोशनसँगै सलमानलाई पनि उत्तिकै मान्छन् । टाइगरको ‘हिरोपन्ती २’ पछिल्लो समय प्रदर्शनको लागि तयारीमा छ । फिल्ममा टाइगरसँगै तारा सुतारिया , नवाजुद्दिन सिद्द्की लगायतको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार