धनगढीको मेयरमा १० जना र उपमेयरमा सात जनाको उम्मेदवारी दर्ता

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुखमा १० र उपप्रमुखमा सात जनाको उम्मेदवारी परेको छ ।

उम्मेदवारी दर्ता गराउनेमा राजनीतिक दलका सहित स्वतन्त्र उम्मेदवारसमेत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपमहानगर प्रमुखमा सत्ता साझेदार दल नेपाली कांग्रेसका तर्फबाट नृपबहादुर ओडले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नेकपा (एमाले) बाट रणबहादुर चन्द, लोकतान्त्रिक समाजवादी पार्टीका वसन्तबहादुर विश्वकर्मा, सचेत पार्टी नेपालका भारती थापा, जनता समाजवादी पार्टीका कलेन्द्र ऐर, राष्ट्रिय जनमोर्चाका अञ्जना श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीका निमकुमार चौधरी र स्वतन्त्र गोपाल हमाल, उद्धवराज पन्त र मदनकृष्ण भट्टले उम्मेदवारी दर्ता गराएका छन्।

उपमहानगरको उपप्रमुखमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का शान्ति अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै उपप्रमुखमा नेकपा एमालेका कन्दकला राना थारू, नेपाल परिवार दलका विष्णुकुमारी विश्वकर्मा, नागरिक उन्मुक्ति पार्टीका सावित्रा चौधरी, राप्रपाका दुर्गादत्त पन्त, विवेकशील साझा पार्टीका विमलाकुमारी पन्त ओझा र स्वतन्त्रबाट कांग्रेसका नेता प्रभाकर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार