निर्वाचन आचारसंहितामा दखल पुर्याउने काम नगरौं : पत्रकार महासंघ

नेपाल पत्रकार महासंघले आसन्न स्थानीय तहको निर्वाचनमा तटस्थ रहन आफ्ना सबै सदस्यहरुलाई आह्वान गरेको छ । पत्रकार आचारसंहिताको पालना गर्दै सदस्यहरुलाई तटस्थ रहन आग्रह गरिएको हो । साथै, कोही निर्वाचनमा उम्मेद्वार बनेको भए महासंघको सदस्यता तत्काल परित्याग गर्नसमेत भनिएको छ ।

‘महासंघको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न, निर्वाचन आचारसंहिता २०७८ को प्रतिकूल काम नगर्न महासंघ पुनः आह्वान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । साथै, निर्वाचनमा सामाजिक सञ्जालमा कसैको पक्ष–विपक्षमा नउभिन पनि पत्रकारहरुलाई महासंघले आग्रह गरेको छ ।कसैको पक्ष वा विपक्षमा एसएमएस, म्यासेन्जर, ट्विटर, युट्युब र इन्स्टाग्राम जस्ता विद्युतीय र सामाजिक सञ्जालको प्रयोग गरी कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा सेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्नसमेत महासंघले भनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार