स्थानीय तह निर्वाचन : ७३ हजार ९३२ जनाको मनोनयन दर्ता

काठमाडौं । आगामी ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा देशभरबाट झन्डै अहिलेसम्म ७३ हजार ९३२ उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

निर्वाचन आयोगका अनुसार सोमबार अन्तिम दिनसम्म मेयरमा २ हजार १७९ र उपमेयरमा १ हजार ३५१ जनाले दर्ता गराएका छन् ।

गाउँपालिका प्रमुखमा २ हजार २९३ र उपप्रमुखमा १ हजार ५९२ दर्ता गराएको आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार वडा अध्यक्षमा १८ हजार २९५, महिला सदस्यमा १२ हजार १०४, दलित महिलामा १० हजार ८१० र सदस्यमा २५ हजार ३०८ जनाले दर्ता गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार