गठबन्धनका शीर्ष नेताको बैठक बस्दै, सिट बाँडफाँडको अन्तिम निर्णय गरिने

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनमा आबद्ध शीर्ष नेताको बैठक आज पनि बस्दै छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ८ बजे बैठक बस्न लागेको हो ।

बैठकमा गठबन्धनबीच चुनावी तालमेलको अन्तिम निर्णय गरिनेछ । विशेषगरी पालिकाहरूमा पद भागबन्डासम्बन्धी निर्णय लिइनेछ ।

आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराउने आज दोस्रो तथा अन्तिम दिन भएकाले बैठकमा भागडबन्डासम्बन्धी अन्तिम निर्णय हुनेछ ।

विवाद देखिएका र स्थानीयस्तरमा मिल्न बाँकी पालिकाका विषयमा पनि निर्णय लिइनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार