आलियासँग काम गर्ने विषयमा बोले राजमौली

केही साता अगाडि बलिउड एक्ट्रेस आलिया भट्ट निर्देशक एसएस राजमौलीसँग रिसाएको खबर मिडियामा आयो ।

फिल्म ‘आरआरआर’ रिलिज भएपछि आफ्नो रोल छोटो भएको भन्दै आलिया रिसाएको र उनले आफ्नो समाजिक सञ्जालबाट फिल्मसँग सम्बन्धित पोस्टहरु हटाएको खबर एकाएक मिडियामा आएको थियो ।

उनको इन्स्टाग्रामबाट ’आरआरआर’ का थुप्रै पोस्टहरु हटेका पनि थिए । ती खबरको बारेमा आलियाले सामाजिक सञ्जाल मार्फत यो सब गलत रहेको बताएकी थिइन् । ’इन्स्टाको ग्रिडको आधारमा सम्बन्धको बारेमा धारणा बनाउनु गलत हुन्छ । म सँधै मेरो इन्स्टाबाट पुराना पोस्टहरु हटाउने गरेकी छु । म आरआरआरसँग जोडिन पाउँदा आफूलाई निकै भाग्यमानी ठान्छु । किनकी फिल्मलाई राजामौली सरले निर्देशन गर्नु भएको छ’ आलियामा इन्स्टामा स्टोरी शेयर गर्दै लेखेकी थिइन् ।

आलियाले सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा व्यक्त गरेपछि निर्देशक राजमौलीले पनि आउँदा दिनमा सहकार्य हुन् सक्ने संकेत गरेका छन् ।’आलिया राम्री कलाकार हुन् । उनले अभिनय गर्दा म पनि मोहित हुने गरेको छु । आउँदो दिनमा कथाको डिमाण्ड भएमा म उनलाई अफर गर्छु । राम्रो फिल्म बनाउनु छ भने बाहिर आएका हल्ला होइन कलाकारको कलाकारिता हेर्नु पर्छ’ निर्देशक रजमौलीले भने ।

उनले बलिउड हंगामासँगको कुराकानीमा आफूलाई आलियासँग काम गर्न कुनै संकोच नरहेको बताएका छन् । एन्टीआर र राम चरणसँग काम गर्दा रमाइलो अनुभव भएको निर्देशक राजमौलीले बताएका छन् । उनले एउटा प्रोजेक्टको लागि दुई कलाकारले दिएको समयको पनि चर्चा गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार