रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको दुई महिना पूरा

एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको दुई महिना पूरा भएको छ ।

गएको फेब्रुअरी २४ देखि सुरु भएको आक्रमण आइतवार देखि तेस्रो महिनामा प्रवेश गरेको हो । तर पनि तत्काल युद्ध रोकिने वातावरण देखिएको छैन ।

रुस र युक्रेनका अधिकारीबीच पटक–पटक वार्ता भए पनि सफलता प्राप्त भएको छैन ।

रुसको आक्रमणका कारण भएको क्षतिको यकिन विवरण प्राप्त नभए पनि हजारौँको ज्यान गएको, लाखौँ विस्थापित भएका र कैयौँ संरचना ध्वस्त भएका छन ।

रुसले युक्रेनको मरिओपोल सहरमा एउटा स्टिल कारखानाबाहेक सबै क्षेत्र कब्जा गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार