पाँच दलबाहिर तालमेल नगर्ने गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धनले पाँच दलबाहिर चुनावी तालमेल नगर्ने निर्णय गरेको छ । आइतबार साँझ बालुवाटारमा बसेको बैठकले विगतका सम्झौतालाई कार्यान्वन गरेर चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।

बैठकले सोमबारसम्म मनोनयनअघि बाँडफाँटको अधिकतम प्रयास गर्ने पनि निर्णय गरेको छ । भोलि बिहान ८ बजे पाँच दलका प्रमुखहरु बसेर मिलाउन कोशिष गर्नेछन् ।

विगतका सहझदारीलाई सबै पक्षले इमान्दारिताका साथ पालना गर्ने सहमति भएको छ । सत्तारुढ गठबन्धनले केन्द्रमा आपसी तालमेलको निर्णय लिए पनि विभिन्न जिल्लामा विवाद कायम छ ।

केन्द्रबाट देशभरि तालमेल गर्ने निर्णय भएपनि कार्यकर्ता तहमा सहमति नजुट्दा तालमेल हुन नसकेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार