इलाम र देउमाई नगरपालिकामा कांग्रेसले उम्मेदवार टुंग्यायो

इलाम । इलामको चारमध्ये दुई नगरपालिका आफ्नो भागमा लिएको नेपाली कांग्रेसले नगर प्रमुखको उम्मेदवार टुंग्याएको छ।

सत्तारुढ गठबन्धनबाट इलाम नगरपालिकाको प्रमुखमा केदार थापा र देउमाई नगरपालिका प्रमुखमा होम दुलालको नाम टुंगो लागेको छ। इलाम नगरपालिकाको उपप्रमुखमा कांग्रसकै विष्णु दाहालको नाममा सहमति जुटेको छ।l

देउमाई नगरपालिकाको उपप्रमुख भने माओवादी केन्द्रले पाउने भएको छ। गठबन्धनमा सूर्योदय नगरपालिकाको प्रमुख एकीकृत समाजवादीले पाउने छ। सूर्योदयको प्रमुखमा निवर्तमान प्रमुख रणबहादुर राई दोहोरिने छन्। सूर्योदयको उपप्रमुखमा कांग्रेसका दुर्गा बरालको नाममा टुंगो लागेको छ।

इलामको माई नगरपालिका माओवादी केन्द्रको भागमा परेको छ। माओवादीले उम्मेदवार टुंगो लगाएको छैन। माईको उपप्रमुखमा कांग्रेसकै हेमकुमार लिम्बूले उम्मेदवार बन्ने भएका छन्। कांग्रेसले पाएको अन्य गाउँपालिकाको भने उम्मेद्वार टुंगो लागिसकेको छैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार