काँग्रेसको चुनावी घोषणा पत्र: एमसीसी पास हुनु देउवाको ठूलो सफलता

काठमाडौं । नेपाली काँग्रेसले स्थानी तय निर्वाचनको लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

आइतबार पार्टी कार्यालय सानेपामा एक कार्यक्रमबीच काँग्रेसले घोषणापत्र सार्वजनिक गरेको हो।

काँग्रेसले आफ्नो घोषणापत्रमा विवादित अमेरिकी सहयोग परियोजना (एमसीसी) पास हुनु ठूलो सफलता रहेको उल्लेख गरेको छ।

स्थानीय चुनावका लागि जारी घोषणापत्रमा भनिएको छ ‘विगत पाँच वर्षदेखि बहस भइरहेको, तर निकास पाउन नसकेको अमेरिकी विकास परियोजना एमसीसी संसदबाट पारित गरी कार्यान्वयन गर्न देउवा सरकार सफल भएको छ’।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार