भारतीय सीमा जोगाउन रुसी सहयोग आवश्यक : भारत

एजेन्सी । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले भारतलाई आफ्नो सिमाना रक्षा गर्न रुसी सहयोग चाहेको बताएकी छन् ।

भारत र रुस लामो समयका साझेदार हुन् । नयाँ दिल्लीले आफ्नो अधिकांश सैन्य सामग्री मस्कोबाट खरिद गर्छ । ‘तिम्रो एक छिमेकी छ, जसले अर्को छिमेकीसँग हात मिलाउँछ र दुवै मेरो विरुद्धमा छन् । रुस–युक्रेन युद्धको सन्दर्भमा गठबन्धनहरू बनाइएका छन् भने भगवानले रोकून् । चीन र पाकिस्तानलाई संकेत गर्दै सीतारमणले भनिन्, ‘भारत आफ्नो सुरक्षा गर्न पर्याप्त बलियो हुनुपर्छ ।’ ‘भारत युरोपेली युनियन, पश्चिमा देश र स्वतन्त्र तथा उदार विश्वसँग मित्र हुन चाहन्छ’, उनले थपिन्, ‘तर, कमजोर मित्रको रूपमा होइन जसलाई जहाँ पनि सहयोग चाहिन्छ ।’

अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको वार्षिक बैठकमा भाग लिने क्रममा हाल सीतारमण वाशिंगटनमा छिन् । राजनीतिक विज्ञहरूले यसलाई आफ्नो सबैभन्दा ठूलो सैन्य वितरक रुसमाथि भारतको निर्भरता घटाउन पश्चिमा देशहरूले चालेको कदम भएको बताएका छन् । भारतले युक्रेनमा रुसी आक्रमणको विरुद्धमा राष्ट्रसंघको सुरक्षा परिषद्मा मतदान नगरे पनि युक्रेनी सहर बुचामा भएको नरसंहारको निन्दा गरेको छ । नयाँ दिल्लीले किभलाई मानवीय सहायता उपलब्ध गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार