सुनको मूल्य घट्यो

काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैंयाले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ९ सय रुपैंयामा कारोबार भएको छापावाला सुन आज ४ सयले घटेर प्रतितोला १ लाख ५ सय पुगेको छ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख कायम भएको छ।

त्यसैगरि, आज चाँदीको मूल्य भने स्थिर छ। शुक्रबार प्रतितोला १३ सय ६० रुपैंयामा कारोबार भएको चाँदी आज पनि सोहि मूल्य तोकिएको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार