कस्ताे रहला आज दिनभरकाे माैसम ?

काठमाडाैं । देशमा स्थानीयसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली र बाँकी भू(गमा मौसम सामान्यतया सफा छ ।

दिउँसो प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

राति प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको आँकलन गरिएकाे छ ।

साेमबार पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन छ ।

न्युज कारखाना

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार