मन्त्री र सचिवको स्वार्थले पर्यटन बोर्डको बिजोग !

काठमाडौं । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिको बैठक बस्ने सक्ने अवस्था नभएका कारणले बोर्डका कार्यक्रमहरु प्रभावित भएका छन् । नेपाल पर्यटन बोर्डको चालु आर्थिक वर्षका लागि तय भएका कार्यक्रमहरुका अनुगमन र मूल्यांकन गर्ने परिस्थिति पनि देखिएको छैन । २०७८ मंसिर यता विभिन्न समयमा बोर्ड बैठक बसेको भएपनि बैठक सीईओ बर्खास्तका लागि केन्द्रित थियो । तर, मंसिरदेखिको प्रयास २०७९ वैशाख लाग्दासम्म पनि निर्णय हुन सकेको छैन ।

बोर्डले न सीईओ बर्खास्त गर्न सक्यो न त बोर्डका कार्यक्रमहरुलाई सहज ढंगले सञ्चालन गर्न सकेको छ । कर्मचारीले तलबभत्ता बुझ्ने बाहेक बोर्डले केही काम गर्न सकेको छैन । पर्यटन मन्त्री प्रेम आले र सचिव तथा अध्यक्ष महेश्वर न्यौपाने नेपाल पर्यटन बोर्डको सवालमा असफल सावित भएका छन् ।

सीईओ धनञ्जय रेग्मीसँग तुष पालेर फाल्न लागेका पर्यटन मन्त्री प्रेम आलेले नेपाल पर्यटन बोर्डको कार्यक्रम र बोर्ड बैठकका लागि चासो समेत राखेका छैनन् । सचिव बोर्डको अध्यक्ष हुने भएपनि बोर्डमा मन्त्रीको चासो धेरै हुने भएकोले बोर्ड बैठकमा चासो नदिंदासम्म नेपाल पर्यटन बोर्डमा कुनै काम हुने देखिएको छैन ।

सचिव महेश्वर न्यौपानेले पनि बोर्डलाई गति दिन कि न चाहेका छैनन् भन्ने प्रश्न व्यवसायीहरुले उठाएका छन् । उनले अहिलेसम्म बोर्ड बैठकमा लागि अवसर सिर्जना गर्नै परिस्थिति बनाएका छैनन् ।

बोर्ड बैठठक बसेर बोर्डका कामहरु नै प्रभावित हुँदा पनि बोर्ड बैठक नबोलाएका सचिव न्यौपाने यसरी नै असार कटाउने मुडमा देखिएका छन । असारमा सचिव न्यौपानेको कार्यकाल सकिँदैछ । मन्त्रालय स्रोतका अनुसार, सचिव न्यौपाने अवकाश पनि नयाँ नियुक्तिको मुडमा रहेका कारण मन्त्री आलेलाई रिझाउने प्रयासमा छन् । त्यसैले बोर्डका सीईओ फाल्न खोजेजस्तो पनि गर्ने बोर्डमा बहुमत पनि नपु¥याउने खेलमा सचिव न्यौपाने आफैले गरेको मन्त्रालय स्रोतको दावी छ ।

स्रोतका अनुसार, सचिव न्यौपाने मन्त्री आलेलाई रिझाएर नारायणहिटी दरबार संग्रहालयको कार्यकारी निर्देशक हुन चाहिरहेका छन् । अहिले मन्त्रालयमा नियुक्त हुन बाँकी त्यही एउटा निकाय बाँकी रहेको छ । संग्रहालयको कार्यकारी हुनका लागि सरकारको विशिष्ट पदमा १० वर्ष काम गरेका अनुभव हुनुपर्ने व्यवस्था छ । उक्त व्यवस्थाका कारण अन्य व्यक्ति नियुक्त हुन गाह्रो हुने अवस्था छ ।

त्यसैले उक्त पदमा कि त सचिव वा सिनियर सहसचिवको मात्रै योग्यता पुग्छ । त्यसैले सचिव न्यौपाने अवकाश पनि उक्त पदमा नियुक्त हुनकै लागि आलेले रुचाएका व्यक्तिलाई नियुक्त हुनबाट रोकेर उक्त पद राखेको चर्चा पनि मन्त्रालयमा हुन थालेको छ ।

बोर्डका सीईओ रेग्मीलाई आफ्नो बाध्यता बुझिदिन आग्रह गरेका छन् भने मन्त्री आलेलाई पनि बोर्ड सदस्यहरुले सहयोग नगरेका कारण बोर्डले निर्णय गर्न नसकेको भनेर अलमलमा पारिरहेका छन् ।
-साँघु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार