राजपुरमा पाँच दलीय गठबन्धन भत्कियाे

देउखुरी । देउखुरीकाे राजपुर गाउँपालिकामा पाँच दलीय गठबन्धन भत्किएकाे छ । शुक्रबार पाँच दलीय गठबन्धन बीच सहमति हुन नसकेपछि गठबन्धन भत्किएकाे हाे ।

गठबन्धन भत्किएपछि नेकपा माओवादी केन्द्र दाङको राजपुर गाउँपालिकामा एक्लै भिड्ने भएको छ । पाँच दलीय गठबन्धनमा सहमति हुन नसकेपछि राजपुर अध्यक्षमा चक्रबहादुर खड्का ‘शिखर’ र उपाध्यक्षमा पुष्पा यादवले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

दाङका २ उपमहानगर, एक नगरपालिका र सात गाउँपालिका गरेर दश स्थानीय तह छन् । अरु स्थानीय तहमा सत्ता गठबन्धन हुने भएपनि राजपुरमा माओवादी एकल रुपमा प्रतिस्पर्धा गर्ने पार्टी केन्द्रीय सदस्य नारायणी शर्माले बताइन् । ‘राजपुरमा काँग्रेस सहित गठबन्धनमा सहभागी दलसँग चुनावी तालमेल गर्न निक्कै मेहनत गर्यौ । छलफल पनि भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार