गाँजा तस्करीको नयाँ तरिका : गाडीको ट्युवमा हालेर नदीबाट लैजाने

सुनसरीको बराहक्षेत्रमा प्रहरीले एक सय १९ केजी गाँजा फेला पारेको छ । बराहक्षेत्र नगरपालिका–६ सिसौलीमा उक्त गाँजा शनिबार बिहान प्रहरीले बरामद गरेको हो ।

कोशी नदीमा गाडीको ट्युबमा राखेर ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ पाँच वटा बोरा फालेर गाँजा ल्याउनेहरु नदीबाटै भागेका हुन् ।

गाँजा बरामद भएपनि फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार