निर्वाचनका बेला माओवादी केन्द्रलाई धक्का, ३५ नेता-कार्यकर्ताद्वारा सामूहिक राजीनामा

काठकाडौं। स्थानीय तहको निर्वाचन हुने बेलामा माओवादी केन्द्रलाई धक्का लागेको छ।

निर्वाचनका बेला जिल्लामा महत्वपूर्ण भूमिका खेल्नसक्ने ३५ नेता तथा कार्यकर्ताहरुले पार्टी परित्याग गरेपछि माओवादीलाई धक्का लाग्ने देखिएको हो।

उनीहरुले माओवादी केन्द्र वैचारिक स्खलनबाट ग्रस्त भएको र अर्ध सामन्ती शासनमा प्रवेश गरेको आरोप लगाएका छन्।

साथै उनीहरुले पार्टीका देखिएको संगठनात्मक समस्या सुल्झाउन अग्रपंक्तिका नेता असफल भएको र नेताहरु व्यक्तिवादी भएको पनि बताएका छन्।

‘पार्टीको राजनीतिक–वैचारिक पतन, आत्मसमर्पणवाद, दलाल नोकरशाही बर्गसँग सम्झौता, गुटबाद, व्यक्तिवादका कारण हामीले पार्टी त्याग गरेका हौं’ नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीलाई सम्बोधन गर्दै पत्रमा लेखिएको छ।

यस्तो छ पत्र…

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार