टोनीसँग नेहा रिसाएपछि…

बलिउडकी गायिका नेहा कक्कड र उनका भाइ गायक तथा संगीतकार टोनी कक्कड पछिल्लो समय चर्चामा छन् ।

एकपछि अर्को फिल्मको संगीतमा व्यस्त यी दुईको बाल्यकाल भने संघर्षपूर्ण नै थियो । भजन र कृतन गर्न यी दुई आफ्नो दिदी सोनु कक्कड र बुवा आमासँग जाने गर्थे । बाल्यकालमा नेहा निकै छुच्ची थिइन् । त्यसैले उनले एक पटक रिसाउदै टोनीको थाईमा कलमले घोपी दिइन् ।

नेहालाई टोनीले केही कुरामा चिढ्याए पश्चात नेहाले आवेशमा ती सब भएको प्रतिक्रिया दिएका छन् । कपिल शर्मा शो मा कुराकानी गर्दै नेहाले ती सब बालापन रहेको बताएकी छिन् ।’ती सब बाल्यकालको बालापन थियो । किनकी के गर्नु हुन्छ र हुन्न थाहा नै थिएन’ नेहाले भनिन् । यद्यपि पछिल्लो समय नेहाले आफ्नो परिवारको निकै ख्याल राख्ने गरेकी छिन् ।

नेहाले त्यो घटनाले आफूलाई पछुतो लागेको समेत सुनाइन । ‘मलाई नराम्रो लाग्यो तर त्यतिबेला निकै रिसाएकी थिएँ’ उनले भनिन् । टोनीले ठुली भएपछि नेहा घरको आज्ञाकारी सदस्य समेत रहेको बताएका छन् । ‘नेहा अहिले सबैलाई औधी माया गर्छिन् । उनले सबैको ख्याल राख्ने गर्छिन् ।उनी बाल्यकालमा मात्र अलि रिसाहा थिइन्’ टोनीले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार