जनकपुरधाम । सर्लाहीमा वडाध्यक्षले वडा सचिवलाई कुटपिट गरेका छन् । शुक्रबार बलरा नगरपालिका-७ का वडाध्यक्ष अवधेश मण्डलले आफ्नै वडाका सचिव रामेश्वर पण्डितलाई कुटेका हुन् ।
वडाध्यक्ष पदबाट राजीनामा दिएर वडाका समान बुझाउने क्रममा विवाद भएको नगर प्रमुख अभय कुमार सिंहले जानकारी दिए । उनीहरूबीच बरबुझारथका विषयमा विवाद भएको थियो ।
नगर प्रमुख सिंहकाअनुसार वडाध्यक्ष मण्डलले बिहीबार बझबुझारथ गरेको कागजातमा हस्ताक्षर गर्न आग्रह गरेका थिए । तर, सचिव पण्डितले सही गर्न नमान्दा विवाद भएको हो ।