मोदीले बेलायती प्रधानमन्त्रीलाई पनि गुजरातमा ओराले

भारत भ्रमणमा आएका बेलायती प्रधानमन्त्री पश्चिमको गुजरात राज्य हुँदै राजधानी नयाँ दिल्ली आइपुगेका छन् । हिजो गुजरातको राजधानी अहमदाबाद आइपुगेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सन आज बिहान राजधानी नयाँ दिल्ली आइपुगेका हुन् ।

दुई दिने भारत भ्रमणमा आएका जोन्सनले रुसले युक्रेनमा आक्रमण गरेपछिको अवस्थामा बेलायत र भारतको रणनीतिक प्रतिरक्षा, कूटनीतिक र आर्थिक साझेदारीलाई घनिष्ट पार्ने र इन्डो–प्यासिफिकको सुरक्षा सहयोगलाई अगाडि बढाउने विषयमा भारतीय अधिकारीहरुसँग थप छलफल गर्ने बताइएको छ ।

आज बिहान नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा बोल्दै जोन्सनले पहिलो पटक प्रधानमन्त्री मोदीको गृह राज्य हेर्न पाउँदा आफूलार्ई अचम्म लागेको बताएका थिए ।

आजै राजनीतिक भेटघाट सकाएर बेलायती प्रतिनिधिमण्डल साँझ लण्डन फर्कने कार्यक्रम छ । यसअघि पनि मोदीले चिनियाँ राष्ट्रपति सि जिनपिङलाई गुजरात हुँदै नयाँ दिल्लीको भ्रमण गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार