एमालेको घोषणापत्र- सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिका

काठमाडौं । नेकपा एमालेले स्थानीय चुनावका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयबाट शुक्रबार एक विशेष कार्यक्रम गर्दै एमालेले घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणा पत्रमा एमालेले ‘सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिका’ देखि ‘जनप्रतिनिधि शासक होइन जनताका सेवक’ हुनेछन् जस्ता नाराहरू अघि सारेको छ ।

एमालेले प्रत्येक पालिकामा एउटा प्राविधिक धारको माध्यमिक विद्यालय स्थापना गर्ने, गम्भीर रोगको पूर्व परीक्षण र पाठेघरको क्यान्सरको निः शुल्क परीक्षण गर्ने, प्रत्येक नागरिकको अनिवार्य स्वास्थ्य बिमा गर्ने, एक घर एक धारा अभियान अन्तर्गत आगामी दुई वर्षभित्र सबै नागरिकलाई खानेपानीको सुलभ व्यवस्था गर्ने लगायतका विषयबस्तु राखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार