नोकिया बार फोनमा एक वर्षको रिप्लेसमेन्ट वारेन्टी

काठमाडौं । ग्राहकहरुले नोकिया बार फोन किन्दा एक वर्षको रिप्लेसमेन्ट वारेन्टी पाउने भएका छन् । नोकिया फोनहरुको उत्पादक एचएमडी ग्लोबलले किनेको एक वर्षसम्म फोनमा कुनै पनि समस्या आएमा साट्न सकिने जानकारी दिएको छ ।

ग्राहकको विश्वासलाई कायम राख्न र ब्रान्ड लोयल्टि अझै बढाउन नोकियाले आफ्नो बार फोनहरुमा रिप्लेसमेन्टको सुविधा ल्याएको हो ।

ग्राहकहरुले अधिकारिक वितरक र शोरुममा गएर आफ्नो पुरानो नोकिया बार नयाँँ फोनसँग साट्न सक्नेछन् । यो योजना नोकियाको १०५, ११०, ५३१०, ६३१०, १५०, २१०, र १२५ मोडलमा लागु हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार