जिम्बाबेसँगको खेलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा, को–को परे ?

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले जिम्बाबे विरुद्धको एकदिवसीय र टी–२० शृंखलाका लागि शुक्रबार २३ सदस्यीय टोली घोषणा गरेको छ ।

शुक्रबार राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले सन्दीप लामिछानेको नेतृत्वमा २३ सदस्यीय टोली घोषणा गरेका हुन्।

टोलीमा विकेट किपर विनोद भण्डारीले पुनारागमन गरेका छन्। यस्तै, ओपनर सुनिल धमला र किशोर महतो पनि पाली टोलीमा फर्किएका छन्। तर, पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषवाकर भने यो पटक पनि समेटिएका छैनन्।

यू–१९ टोलीका अलराउण्डर बसिर अहमदले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् । नेपाल र जिम्बाबे ए टिमबीच तीन एक दिवसीय र तीन टी–२० खेल हुनेछ ।

१७ वैशाखदेखि एकदिवसीय शृंखला सुरु हुनेछ । यस्तै टी–२० शृंखलाको पहिलो खेल २३ गते दोस्रो खेल २४ गते र तेस्रो खेल २६ गते हुनेछ ।

को–को परे ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार