श्रीलंकामा मास्क हटाउने निर्णय खारेज

एजेन्सी । श्रीलंकाको स्वास्थ्य मन्त्रालयले मास्क लगाउनुपर्ने नियमलाई हटाउने पूर्व निर्णयलाई पुनरावलोकन गर्दै सार्वजनिकस्थलमा मास्कलाई अनिवार्य लगाउनुपर्ने निर्णय गरेको छ ।

सरकारले यसअघि मास्क लगाउनुपर्ने नियमलाई केही खुकुलो पार्ने नीति लिएको थियो । मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “देशभर भइरहेका ठूला सार्वजनिक सभालाई ध्यानमा राखेर सार्वजनिकस्थलमा रहँदा मास्क लगाउन पुनः अनिवार्य गरिएको छ ।” मेडिकल टेक्नोलोजिकल सर्विसेजका निर्देशक अन्भर हमदानीले सञ्चारमाध्यमलाई बताएअनुसार गत हप्ता एउटा प्राविधिक समितिले मानिसहरूलाई मुखमा मास्क लगाउन वा नलगाउन स्वतन्त्रता दिने निर्णय गरेको थियो ।

“विशेषज्ञहरूको उचित परामर्श बिना हतारमा निर्णय घोषणा गरिएको थियो । यसलाई पुनः विचार गरिएको छ ।” उनले भने ।
श्रीलंकाले सन् २०२० को अक्टोबरमा कोरोनाभाइरस क्वारेन्टाइन नियमावली जारी गर्दै सार्वजनिक स्थलमा मास्क लगाउने र सामाजिक दूरी कायम राख्ने निर्णय सार्वजनिक गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार