यी हुन् बच्चालाई चाहिने पौष्टिक तत्व

आजकाल वयस्कमा देखिने रोग पनि साना बालबालिकामा पनि देखिन थालेको छ। सानै उमेरमा मधुुमेहजस्ता रोगबाट बालबालिका पीडित हुन थालेका छन्। यसको प्रमुख कारण हो, बालबालिकाको खानपान र जीवनशैलीमा आएको परिवर्तन।

आजकाल बच्चाहरु पौष्टिक खानाको साटो जंकफुड बढी खान्छन्, जसबाट नयाँ–नयाँ स्वास्थ्य समस्या देखिन थालेका छन्। त्यसैले उनीहरुलाई सन्तुलित आहार आवश्यक हुन्छ। यसैबाट बच्चाको विकास निर्भर हुन्छ। अधिकांश बच्चा खाना खान आनाकानी गर्छन्। यस्तो अवस्थामा उनीहरुलाई मनपर्ने खाना र पौष्टिकताको सन्तुलन जरुरी हुन्छ। थाहा पाउनुुस् बच्चाका लागि जरुरी पौष्टिक तत्वः

क्यालोरीः ५ वर्षभन्दा बढी उमेरका बालबालिकाका लागि पूर्ण क्यालोरी आवश्यक हुन्छ, जसबाट उनीहरु बढीभन्दा बढी सक्रिय रहन सकुन्। हाई क्यालोरीको अर्थ फ्राइ गरेको खाना भने होइन। बरु उनीहरुलाई दुध र अनाजयुक्त खाद्यपदार्थ दिनुपर्छ।

प्रोटिनः बढ्दो उमेरका बालबालिकालाई प्रोटिन आवश्यक हुन्छ। बच्चाको मांसपेशीको सही विकास र हड्डी मजबुुत बनाउन प्रोटिन चाहिन्छ। यसका लागि पनीरयुक्त खाद्यपदार्थ, अण्डा, मासु, माछा इत्यादि दिनुपर्छ।

भिटामिन र खनिजः बच्चाको सम्पूर्ण विकासका लागि भिटामिन र खनिज तत्व भरपुर दिनुपर्छ। उनीहरुलाई क्याल्सियमयुक्त पौष्टिक पदार्थ दिनुपर्छ। भिटामिन र आइरनका लागि बच्चालाई अधिकमात्रामा हरियो सागसब्जी दिनुपर्छ।

फलः फलमा भिटामिन, आइरन र अन्य पौष्टिक तत्व पाइन्छ। बालबालिकालाई बढीभन्दा बढी फलको जुस तथा मौसमी फलको सेवन गराउनुपर्छ। अंगुुर, स्याउ, सुुन्तलाजस्ता फल खुवाउन सकिन्छ।

पानी र फाइबरः बच्चाको स्वास्थ्यका लागि पानीको धेरै महत्व छ। पानीका अलावा सुपजस्ता तरलपदार्थको सेवन गराउनुपर्छ। यसका साथै फाइबरयुुक्त पदार्थ दिनाले बच्चामा पानीको कमी हुुन पाउँदैंन।

बच्चालाई सन्तुलित आहारा दिने टिप्स
बच्चालाई सन्तुलित आहार दिनका लागि दैनिक उनीहरुको रुचीको पौष्टिक खाद्यपदार्थ दिनुपर्छ।

जबर्जस्ती नभई मायाले सम्झाएर खुवाउनुपर्छ।

खानालाई सकेसम्म आकर्षक बनाउनुुपर्छ। जस्तो सलाद, काँचो फल, सागसब्जी काटेर आकर्षक बनाउन सकिन्छ ।

बच्चालाई बाहिर खेल्ने स्वीकृति दिनुपर्छ, ताकि बढी भोक लागेर खान सकोस्।

सकेसम्म जंकफुडबाट टाढै राख्नुहोस्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार