अमेरिकामा आफ्नो सुरक्षा आफै गरौँ

संयुक्त राज्य अमेरिकास्थित एसियालीहरू विरुद्ध हिंसात्मक आक्रमणको घटना दिनप्रतिदिन बढ्दो छ र प्रभावकारी सरकारी हस्तक्षेपको अभावमा यिनीहरु आफ्नो सुरक्षा आफै गर्न प्रेरित भैरहेको, द फाइनान्सियल टाइम्स (एफटी) को रिपोर्टलाई उधृत गर्दै सिन्ह्वाले आज समाचार बनाएको छ।

आफ्नो सुरक्षाको लागि भनेर अमेरिका बस्ने एसियालीहरू अहिले विभिन्न किसिमको आत्मरक्षाका तालिम लिन थालेका छन् । आत्मरक्षा गर्ने तालिमहरुमध्ये मरिचको धुलो छर्किने र सिट्ठी फुक्ने मुख्य रहेको जनाइएको छ।

अहिलेको महामारिपछि एसियाली विरोधी घृणा अमेरिकामा राष्ट्रव्यापी रूपमा बढेको र यो हुनुको पछाडि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसियाली बिरुद्ध गरेको एउटा बयानबाजीलाई धेरैले दोष लगाएका छन् । न्यूयोर्क शहरमा मात्रै सन् २०२१ मा एसियाली अमेरिकीहरू विरुद्धको घृणा अपराध ३६० प्रतिशतले बढेको थियो ।

३५ वर्षीया एसियाली अमेरिकी महिला क्रिस्टिना युना लिलाई गत फेब्रुअरीमा एक अपरिचित व्यक्तिले उनको घर पछ्याउँदै ४० चोटी छुरा प्रहार गरिएको थियो,जुन न्यूयोर्क शहरमा एसियाली अमेरिकीहरूमाथि भएको सबैभन्दा डरलाग्दो आक्रमणहरू मध्ये एक रहेको भनिएको छ ।

एसियाली अमेरिकीहरू विरुद्धको हिंसालाई ट्र्याक गर्ने गैर-नाफामुलक समूह स्टप एएपीआई हेट (Stop AAPI Hate ) को हालैको रिपोर्टलाई उधृत गर्दै सिन्ह्वाले लेखेको छ “गत मार्च २०२० मा महामारीको शुरुवातदेखि डिसेम्बरको अन्त्यबीच घटेका १०,९०५ घृणाका घटनाहरूमध्ये ६२ प्रतिशत एसियाली अमेरिकी महिलाहरूप्रति लक्षित थियो “।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार