७ जना कर्मचारी मिलेर ३ करोड भ्रष्टाचार

कैलालीको गोदावरी नगरपालिकाका सातजना कर्मचारीको मिलोमतोमा करिब तीन करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

कर्मचारी र ठेकदारले गुणस्तरहीन कार्य गरी बढी भुक्तानी लिएको ठहर गर्दै आयोगले नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरु खेमराज विष्ट र देवराज जोशी तथा इञ्जिनियर, सब–इञ्जिनियरसमेत सात जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले भट्टविरुद्ध ३१ लाख ३७ हजार आठ सय ५३ रुपैयाँ, जोशीलाई २५ लाख ५२ हजार आठ सय ८६ रुपैयाँ, इञ्जिनियरहरु पूर्ण कुँवरले ५६ लाख ९० हजार सय ४०, ज्ञानेन्द्र बुढा ४३ लाख १७ हजार छ सय ६६ र नरेन्द्र शाहीले १२ लाख २४ हजार चार ५९ रुपियाँ हिनामिना गरेको हो ।

प्राविधिक पूर्वाधार कार्यालयका ल्याब टेक्निसियन धनबहादुर बिष्टलाई ५३ लाख ५१ हजार दुई सय ३४ र निर्माण व्यवसायी गणेश विष्टलाई ५० लाख ३१ हजार ५४ रुपियाँ हिनामिना गरेको अभियोग लागेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार